मिस मगर इन्टरनेशनलको उपाधि प्रतिमालाई

फाइल तस्बिर
फाइल तस्बिर

यस वर्षबाट सुरु भएको ‘मिस मगर इन्टरनेशनल २०२३’ प्रतिमा आलेमगरले घोषित भएकी छिन्। शनिबार साँझ आयोजित अन्तिम प्रस्तिस्पर्धामा १२ जनालाई पछि पार्दै उनले नगद रु चार लाख पुरस्कार प्राप्त गरेकी छिन्।

कार्यक्रमको निर्णायकमध्येकी एक माल्भिका सुब्बाले सामाजिक सञ्जालको तर्फबाट 'तपाईँले मगर संस्कृतिलाई कसरी प्रचार गर्नुहुन्छ ?' भनेर सोधिएको प्रश्नमा सटिक उत्तर दिएसँगै मगर विजेता घोषित भएकी थिइँन्।

विजेता बनेसँगै मगरले सपनाको एउटा खुड्किलो उक्लिएको बताइँन्। 'पहिलो सिजनमै विजेता बने, दायित्व पनि महसुस भएको छ। संस्कृतिको प्रवर्द्धनमा मेरो भूमिका हुनेछ', उनले भनिन्।
 
यस्तै अन्तिम प्रतिस्पर्धामा स्मृति ठाडामगर उपविजेता र क्लिया थापामगर दोस्रो भएकी छिन्। उनीहरूले क्रमशः रु दुई लाख र एक लाखसमेत प्राप्त गरिन्। कार्यक्रममा सुब्बासँगै अभिनेत्री मिरुना मगर, अभिनेता अनुपविक्रम शाही, मोडल रिना थापामगर, हिमाल राना, सङ्जोग लाफामगर, अलिगिभा पुनमगर र रुद्र सिरिजमगरले निर्णायकको भूमिका निर्वाह गरेकी थिइँन्।
 

प्रकाशित मिति: : 2023-06-11 07:53:00

प्रतिकृया दिनुहोस्