राष्ट्रिय रग्बी प्रतियोगिता इलाममा भोलिदेखि

२० वर्षमुनिको राष्ट्रिय रग्बी प्रतियोगिता शुक्रबारदेखि इलामको माई नगरपालिकामा हुने भएको छ। नेपाल रग्बी संघको आयोजनामा पुरुष तथा महिला दुवैतर्फको खेल शुक्रबार र शनिबार हुने भएको हो। 

दुवैतर्फको खेलमा पाँच–पाँच टिमको सहभागिता रहने रग्बी संघका अध्यक्ष विनोद कटुवालले जानकारी दिए। प्रतियोगितामा हिमालयन टाइगर रग्बी क्लब, हेटौँडा रगर्स, कटारी रग्बी क्लब, कर्णाली रग्बी क्लब र बर्दिबास रग्बी क्लबको सहभागिता रहने उनले बताए। 

प्रकाशित मिति: : 2023-06-13 06:24:00

प्रतिकृया दिनुहोस्