‘ढिँडो मलाई देऊ’ गीत सार्वजनिक

फाइल तस्बिर
फाइल तस्बिर

गायक रवि ओड र शान्तिश्री परियारको स्वर रहेको ‘ढिँडो मलाई देऊ’ गीत सार्वजनिक भएको छ। मङ्गलबार एक कार्यक्रमबीच उक्त गीत सार्वजनिक गरिएको हो। 

गीतको श्रव्यदृश्यमा तलिशा गुरुङ, रवि ओड, प्रिन्स विश्वकर्मा र खुश्बु खड्काको अभिनय रहेको छ। प्रमोदकुमार भण्डारीको निर्देशनमा तयार पारिएको उक्त गीतमा प्रकाश सापकोटाको शब्द रहेको छ भने सङ्गीत सन्तोष श्रेष्ठको रहेको छ। सङ्गीत संयोजन कमल सौरजले गरेका छन्, भने सम्पादन मीन रावलले गरेका छन्। गीतको छायाङ्कन चितवनमा गरिएको हो। 

कार्यक्रममा संक्षिप्त प्रतिक्रिया दिँदै गीतका लेखक सापकोटाले गीत–सङ्गीतलाई समय सापेक्षितरूपमा परिवर्तन गर्दै अगाडि बढ्ने बताए। उनले एउटा गीतलाई कस्तो स्वरूप दिने भन्ने कुरा लेखकको हातमा रहेको र त्यसको अनुयायीका रूपमा ‘ढिँडो मलाई देऊ’  सार्वजनिक गरिएको बताए। 

प्रकाशित मिति: : 2023-06-21 08:29:00

प्रतिकृया दिनुहोस्