फेरिएको भूमिकामा ओलम्पियन निशा

अनलाइनखबर

काठमाडाैँ

 हरेक खेलाडीका लागि आफ्नो करिअरको उच्चतम लक्ष्य भनेको ओलम्पिक हो । नेपाल जस्तो देशबाट खेलाडीका रूपमा ओलम्पिकमा प्रतिनिधित्व गर्नु नै ठूलो सफलता हो । तेक्वान्दोकी निशा रावलले यो सफलता ८ वर्षअघि नै पाइसकेकी हुन् । 

नेपालको खेलकुदमा तेक्वान्दोको छुट्टै विरासत छ । सन् १९८८ को सियोल ओलम्पिकदेखि तेक्वान्दो खेलाडीले छाडेको छाप पछ्याउँदै सन् २०१६ को रियो ओलम्पिक खेलेकी निशाले २८ वर्षको उमेरमै आफ्नो भूमिका फेर्ने निधो गरेकी छन् ।

ओलम्पिक अनुभव लिएकी निशा अब आफ्ना ‘चेला’हरूलाई ओलम्पियन बनाउने लक्ष्यमा छिन् ।

प्रकाशित मिति: : 2023-06-22 09:35:00

प्रतिकृया दिनुहोस्