विश्वकप छनोट: वेस्ट इन्डिजले नेपालाई दियाे ३४० रनको लक्ष्य

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत वेस्ट इन्डिजले नेपालाई ३४० रनको लक्ष्य प्रस्तुत गरेको छ।

बिहीबार हरारे स्पोर्टस् क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३९ रन बनायो। वेस्ट इन्डिजका लागि कप्तान साइ होप र निकोलस पुरन शतकीय साझेदारी गरे।

वेस्ट इन्डिजका लागि केयल मेयर्सलाई ४ बलमा १ रन बनाएर पेभिलियन फर्किए भने जोन्सन चार्ल्सलाई नेपालका गुलशन झाले आसिफ शेखमार्फत शून्य रनमै क्याच गराए।

त्यस्तै, स्पिनर सन्दीप लामिछानेले वेस्ट इन्डिजविरुद्ध तेस्रो विकेट लिएका थिए। उनले वेस्ट इन्डिजका ओपनर ब्याट्सम्यान ब्रान्डन किंगको विकेट लिएका थिए।

यता, नेपालका लागि करण केसी, गुलशन झा, सन्दीप लामिछाने र दीपन्द्रसिंह ऐरीले समान एक-एक विकेट लिए भने ललित राजवंशीले तीन विकेट लिए।

प्रकाशित मिति: : 2023-06-22 16:30:00

प्रतिकृया दिनुहोस्