नेपाल कला परिषद्मा ‘भाषा र संस्कृतिको लागि प्रेम’ विषयक कला प्रदर्शनी सुरु भएको छ।
नेपालस्थित बङ्गलादेश राजदूतावासद्वारा आज आयोजित उक्त प्रदर्शनीको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका हुन्।
सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र बङ्गलादेशबीचको मित्रतालाई प्रदर्शनीले अझ बलियो बनाउन सहयोग पुग्ने बताए। ‘आफ्नै मौलिकता बोकेको नेपाली कला, संस्कृतिको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न र दुई देशबीचको मित्रतालाई अझ सबल तुल्याउन यस प्रदर्शनीले सहयोग पुर्याउँछ’, उपप्रधानमन्त्री श्रेष्ठले भने।
आजदेखि पाँच दिनसम्म सञ्चालन हुने सो प्रदर्शनीेको चित्रकला देशको पहिचान हो भनी सबैलाई सुसूचित गर्न, भाषा, कला, संस्कृतिको संरक्षण र संवर्द्धनको जर्गेना गर्नका लागि आयोजना गरिएको हो। नेपाली चित्रकारद्वारा तयार पारिएका कला र संस्कृति झल्काउने विभिन्न तस्बिर प्रदर्शनीमा राखिएका छन्।