विश्वकप छनोट: टस हारेर ब्याटिङ गर्दै नेपाल

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत समूह चरणकाे अन्तिम खेलमा नेपालले नेदरल्यान्डविरुद्ध टस हारेकाे छ। 

शनिबार जिम्बाब्वेकाे ताकाशिंका स्पोर्टस् क्लबमा टस जितेपछि नेदरल्यान्डका कप्तान स्कर्टले पहिला बलिङ राेजेका हुन्। नेदरल्यान्डसँगको आजको खेल नेपालको लागि निकै महत्वपूर्ण छ। नेपालले याे खेल जित एउटा नयाँ खुड्किलाेमा पाइला टेक्नेछ। आज नेपालले तेस्राे स्थानमा रहेकाे नेदरल्यान्डलाई हराएमा नेपाल ४ अंक जोडेर सुपर सिक्सको यात्रा कायमै राख्नेछ। उता नेदरल्यान्ड पनि आज नेपालमाथि जितेको खोजीमा छ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख (विकेटकिपर) कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी ।

 

प्रकाशित मिति: : 2023-06-24 12:22:00

प्रतिकृया दिनुहोस्