दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु

सांकेतिक फाेटाे
सांकेतिक फाेटाे

दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दंगीशरण गाउँपालिका– ३ चखौरा बस्ने ३७ वर्षीय रामनारायण चौधरी र सोही पालिका वडा नम्बर ६ निवासी ३२ वर्षीय समीर केसी रहेका छन्।

उनीहरु दुबै जनालाई शनिबार साँझ दुई छुट्टाछुट्टै ठाउँमा चट्याङ लाग्दा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए। चौधरीलाई आफ्नै बारीबाट तरकारी टिपेर फर्किने क्रममा ओत लागेको एक छाप्रोमा र केसीलाई गाउँको बागरस्थित खेतबाट घाँस लिँदै गरेको अवस्थामा चट्याङ लागेको थियो।

अहिले दुबै जनाको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।

प्रकाशित मिति: : 2023-06-24 19:24:00

प्रतिकृया दिनुहोस्