वसुन्धाराकाे साउथ वेस्टन कलेजअगाडि बम भेटियाे (भिडियाेसहित)

वसुन्धारामा रहेकाे साउथ वेस्टन कलेजअगाडि विफाेस्टक पदार्थ (बम) भेटिएकाे छ। कलेजकाे ठिक अगाडि हाेटल छेउमा मंगलबार बिहान बम भेटिएकाे हाे।

उक्त बम बिहान ७ बजेतिर हाेटल खाेल्न आउँदा देखेकाे र प्रहरीलाई खबर गरेकाे हाेटल सञ्चालकले बताएका छन्।

सडक छेउकाे कुनमा बम देखा परेकाे खबर पाएपछि नेपाल प्रहरी र नेपाली सेनाकाे टाेली साे स्थानमा पुगेकाे थियाे। बम अहिले नेपाली सेनाकाे डिस्पाेजल टाेलीले डिस्पाेज गरिसकेकाे छ। 

भिडियाे : 

प्रकाशित मिति: : 2023-06-27 09:12:00

प्रतिकृया दिनुहोस्