घरमा चामल सकिएपछि कारागारमा आमाबुवासँग माग्न पुगेका दिदीभाइ

उकेरा

जगतदल जनाला विक

बराहताल गाउँपालिका-५५ बड्डीचौर सालघारीकी कल्पना विक गाउँकै जनज्योति माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्छिन्।

उनका एक दिदी, एक बहिनी एक भाइ छन्। उमेरले मात्र १४ वर्ष भए पनि उनीमाथि जिम्मेवारी धेरै छ।

उनका बुवा १० वर्षदेखि मानसिक रोगबाट ग्रसित छन्। बड्डीचौर बजारमा सिजनअनुसार मकै, काँक्रा र सुन्तला बेचेर उनको ६ जनाको परिवार जसोतसो चलेको थियो। घरायसी समस्या भएपछि उनकी ठूली दिदी १८ वर्षीय (नाम गोप्य) लाई गत फागुनमा भारतमा रहेकी फुपूसँग घर सल्लाहमै पठाइयो। 

प्रकाशित मिति: : 2023-07-04 11:18:00

प्रतिकृया दिनुहोस्