मङ्गलबार, १५ जुलाई २०२५

धत! म त तिम्रो नमिल्ने जोडा

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2021-12-18 18:39:00
News Image
• • •

तिमि ५:३ म ५:४

तैपनि म भन्दा तिमी नै अग्लो रे ?
आर्मी छनाैटमा नापेकाे ५.४ भन्दा
खुल्ला आँखाले देखेको ५.३ नै अग्लो रे !
धत! म त तिम्रो नमिल्ने जोडा।

तिमी ५७ म ५५ केजी 
तिमीले मलाई तिमी साह्रै लुरे भन्न हुने रे  
मैले तिमीलाई मोटी भन्न नहुने रे ? 
मैले तिमीलाई हजारकाे नोट भन्न नहुने रे
तिमीले मलाई ५० को नोट भन्न हुने रे ?
धत! म त तिम्रो नमिल्ने जोडा।

म पनि कान्छो तिमी पनि कान्छी 
मैले जिस्केर तिमीई साइली भन्न नहुने रे?
तिमी त घरकी कान्छी रे ?
अप्ठ्यारोमा म जेठो रे ?
सजिलोमा तिमी जेठो रे ?
धत! म त  तिम्रो  नमिल्ने जोडा ।

तिमी गोरी म काले
कालो मान्छेको मन कालो हुने रे ? 
तर, गोरो छालाको कालो चाला भन्न नपाउने रे ?
तिमी ल्हासाको नम्बरी सुन जस्तै रे ?
म वन बासाको ढिके नुन जस्तै रे ?
धत ! म त तिम्रो नमिल्ने जोडा।

तिमी पूर्व म पश्चिम
तिमी पूर्वमा उदाउँदो घाम जस्तै रे ?
म पश्चिममा डुब्ने घाम जस्तै रे ?
तिमी उदाउँदो जुर्मुराउँदो आश रे ?
म ढल्दै गएको धुर्मुराउदो सास रे ?
धत ! म त तिम्रो नमिल्ने जोडा। 

तिमी पुर्णाङ्क सय, म उत्तीर्णाङ्क बत्तिस् रे?
तिमी रातो फूल्ने गुराँस, म भिरको उत्तिस रे?
तिमी उज्यालो दिन, म अँध्यारो रात जस्तै रे ?
तिमी विदेशी ब्रान्ड, म लोकलको मात जस्तै रे?
धत ! म त तिम्रो नमिल्ने जोडा।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?