आफ्नै घरमा मृत अवस्थामा भेटिए अभिनेता सारुक ताम्राकार

फाइल तस्बिर
फाइल तस्बिर

अभिनेता सारुक ताम्राकार बिहीबार राति ११ बजे मृत अवस्थामा भेटिएका छन्। उनी रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले बताएका हुन्।

उनले घरकै छिडिमा घाटीमा पासो लगाएर आत्महत्या गरेको बताइएको छ । बाबु आमासँगै बस्दै आएका उनले बाबुआमा बाहिर गएको समय आत्महत्या गरेका हुन्।

घटनास्थलको मुचुल्कापछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ। उनको मृत्युको कारणबारे नखुलेको र अनुसन्धान भैरहेको समेत प्रवक्ता रिजालले जनाए।

‘रानी’ फिल्मबाट उनले अभिनय करिअर थालेका सारुकले ‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’, ‘नमरी बाचे’ लगायत फिल्म अभिनय गरेका सारुकको छायाङ्कनरत फिल्म ‘ह्यासट्याग माया’को ४५ प्रतिसत मात्र छायाङ्कन सकिएको छ। उनी अभिनीत ‘इन्टु मिन्टु लण्डनमा’ प्रदर्शनमा आउन बाँकी छ।

सारुक पाका अभिनेता सानु ताम्राकारका छोरा हुन्। बाबुको विरासत पछ्याउँदै उनी चलचित्र क्षेत्रमा सक्रिय थिए । 

प्रकाशित मिति: : 2023-07-07 07:43:00

प्रतिकृया दिनुहोस्