स्वास्थ्यमन्त्री बस्नेतको ‘फ्री’ बेड स्टन्ट, राज्यलाई वार्षिक साढे १४ करोड आर्थिक भार

उकेरा

काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बिहीबारबाट लागु हुनेगरी ७ वटा अस्पतालमा भएका बेडहरू निःशुल्क गर्ने निर्देशन दिए।

स्वास्थ्य मन्त्री बस्नेतले अस्पतालका निर्देशकहरूलाई मन्त्रालयमा बोलाएर बुधबार यस्तो निर्देशन दिएका हुन्। तर, स्वास्थ्य मन्त्री बस्नेतको बेड निःशुल्क गर्ने निर्देशनले वार्षिक करिब १४ करोड ४० लाख मन्त्रालयलाई आर्थिक भार थपिने देखिएको छ। 

प्रकाशित मिति: : 2023-07-10 06:37:00

प्रतिकृया दिनुहोस्