न्यायाधीशविरुद्ध उजुरीको चाङ: कारवाहीमा विलम्बले केही अवकाशमा, ८० उजुरी 'होल्ड'

उकेरा

काठमाडौँ

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र कानून व्यवसायी रुद्रप्रसाद पोखरेलबीच २ करोड रुपैयाँ घूस लेनदेनको अडियो सार्वजनिक भएको १ वर्षभन्दा बढी समय भइसक्यो।

तर, त्यस विषयमा न्याय परिषदले हालसम्म अन्तिम कारवाही भने गर्न सकेको छैन। न्यायाधीश कोइराला एक वर्षदेखि जिम्मेवारीविहीन छन्।

तत्कालीन जिल्ला न्यायाधीश कोइरालाले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ प्रतिवादी रहेको ठगी मुद्दाको थुनछेक आदेशका लागि घूस लेनदेनको प्रयोजनमा गरेको फोन संवादको अडियो सञ्चारमाध्यममा सार्वजनिक भएको थियो।

अडियो सार्वजनिक भएलगत्तै २०७९ असार ८ गते तत्कालीन कायममुकायम प्रधानन्यायाधीश दीपक कार्कीको अध्यक्षतामा बसेको न्यायपरिषद बैठकले जाँचबुझसम्बन्धी छानबिन समिति गठन गरेको थियो।

प्रकाशित मिति: : 2023-07-10 06:53:00

प्रतिकृया दिनुहोस्