शिवशिखरमा केदारनाथको बद्‍मासी : ६ अर्ब अपचलन गरी भारत र म्यानमारमा व्यवसाय विस्तार

अनलाइनखबर

विजय पराजुली

शिवशिखर बहुउद्देश्यीय सहकारीका बचतकर्ताको रकम हिनामिना गरेका सञ्चालक केदारनाथ शर्माले ६ अर्ब रुपैयाँ भारत र म्यानमार पुर्‍याएको पाइएको छ ।

बचतकर्ताको १४ अर्बभन्दा बढी हिनामिना गरेका शर्माले ६ अर्ब २५ करोड नेपालमै रहेका आफ्ना विभिन्न कम्पनीमा लगानी गरेका थिए । उनको कम्पनीले भारत र म्यानमारबाट कृषि उपज तथा मेसिनरीहरू आयात गर्दै आएका थिए । आयात हुने वस्तुको खरिद मूल्य वास्तविकभन्दा अत्यधिक देखाई पूँजी पलायन गराएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानले देखाएको छ ।

 

प्रकाशित मिति: : 2023-07-10 10:21:00

प्रतिकृया दिनुहोस्