एउटै कर्मचारी वर्षमा ५४ दिनसम्म भ्रमणमा

दाता फकाएर वा बाध्य पारेर विदेश भ्रमणमा जान्छन् कर्मचारी : १ वैशाख ०७९ देखि १ जेठ ०८० सम्म वन मन्त्रालय र अन्तर्गतका विभाग–कार्यालयबाट १५९ कर्मचारीले गरे विदेश भ्रमण । कनिष्टलाई पठाए हुने कार्यक्रममा पनि भत्ता र घुमघामको लोभमा जान्छन् उच्च अधिकारीहरू ।

वैदेशिक भ्रमणको स्पष्ट नीति तथा मापदण्ड नभएको अवस्थामा वन तथा वातावरण मन्त्रालयका उच्च तहका कर्मचारी आफूखुसी स्वयंलाई मनोनयन गरेर विदेश भ्रमण गर्ने गरेका छन् । कर्मचारीको असीमित वैदेशिक भ्रमणले नियमित कामकारबाही नै प्रभावित हुन थालेका छन् । 

प्रकाशित मिति: : 2023-07-10 10:26:00

प्रतिकृया दिनुहोस्