चलचित्र विकास बोर्डका अध्यक्षसमेत रहेका अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी शाहविरुद्धको मुद्दा हारेका छन्।
भुवनले साम्राज्ञीविरुद्ध दायर गरेको मुद्दामा जिल्ला अदालत काठमाडौँले दाबी नपुगेको फैसला गरेको हो। भुवनले २०७७ साउनमा साम्राज्ञीविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए।
तत्कालिन समयमा भुवन र साम्राज्ञीबीच बलिउडका अभिनेताका सुशान्तसिंह राजपुतको निधनको विषयमा सामाजिक सञ्जालमा विवाद भएको थियो।
सोही क्रममा साम्रागीले भुवनलाई आफूलाई दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। त्यसपछि भुवन र साम्रागीबीच सामाजिक सञ्जालमा चलेको विवाद अदालतसम्म पुगको थियो।