बालेनमाथि करिश्मा मानन्धरको खिसिट्युरी

अभिनेत्री करिश्मा मानन्धरले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)माथि खिसिट्युरी गरेकी छन्। मानन्धरले चलचित्र ‘बगान’लाई काठमाडौँ महानगरले गरेको कारबाहीको प्रसङ्ग उठाउँदै उनले बालेनमाथि खिसिट्युरी गरेकी हुन्।

‘महानगरले हामीलाई ५० हजार जरिवाना गरेर ५ लाखको विज्ञापन गरिदियो,’ उनले फेसबुकमा लेखेकी छन्, ‘कसले भन्छ ? बालेनजी सिनेमालाई माया गर्नुहुन्न भनेर ?’

चलचित्र ‘बागन’लाई जथाभावी पोस्टर टाँसेको भन्दै महानगरले ५० हजार जरिवाना तिराएको थियो।

चलचित्र टिमले गल्ती गरेकोमा लज्जित हुनुपर्नेमा करिश्माले उल्टो खिसिट्युरी गरेको भन्दै आलोचनासमेत भएको छ।

प्रकाशित मिति: : 2023-07-19 16:16:00

प्रतिकृया दिनुहोस्