सुन प्रकरणविरुद्ध एमालेनिकट युवा संघले निकाल्यो जुलुस (तस्बिरहरू)

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले नयाँ बानेश्वरमा मशाल जुलुस निकालेकाे छ।

झण्डै सय केजी सुन बरामद भएकाे विषयमा युवा संघ शुक्रबार साँझ बानेश्वरमा मशाल जुलुस निकालेकाे हाे। सुन प्रकरणमा गृहमन्त्रीकै संगलग्नता रहेकाे भन्दै संघले विराेध जनाएकाे छ।

उनीहरूले ‘सुन तस्करलाई पक्राउ गर, सेटिङमा सरकारकाे लस्कर बिगबिगी सुन तस्कर, नालायक गृहमन्त्री राजीनामा दे!’ लगायतका नारा लगाएका छन्।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन बुधबार राजस्व अनुसन्धान विभागले बरामद गरेकाे थियाे।

प्रकाशित मिति: : 2023-07-21 18:39:00

प्रतिकृया दिनुहोस्