त्रिभुवन विश्वविद्यालय र उच्चशिक्षाको कसीमा नेपाल विश्वविद्यालय विधेयक

अनलाइनखबर

काठमाडौँ

प्रसंग हो- प्रतिनिधिसभामा दर्ता भएको नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको। यो विधेयक २०७९ को प्रतिनिधिसभाको निर्वाचन अगाडि नै राष्ट्रियसभामा दर्ता भएर छलफल भई संशोधन सहित प्रतिनिधिसभामा पठाइएको हो।

प्रतिनिधिसभामा यो विधेयक दर्ता भएर सैद्धान्तिक छलफल र दफावार संशोधनका लागि ७२ घण्टे समय पनि सकिएको अवस्थामा छ। यसैले संसदबाट छलफल भएर वा संसदीय समिति हुँदै प्रक्रियामा अगाडि बढ्ने अझै बाटो बाँकी नै छ। यही बाटोमा रहँदै गर्दा नेपालमा अर्को एउटा विश्वविद्यालयको आवश्यकता छ या छैन ? छ भने कस्तो किसिमको विश्वविद्यालयको आवश्यकता छ ? त्यसको स्थापनाको प्रक्रिया कस्तो हुनुपर्छ ? भन्ने प्रश्नहरूमा गहन र पारदर्शी छलफल जरुरी छ।

प्रकाशित मिति: : 2023-07-23 08:43:00

प्रतिकृया दिनुहोस्