आफूमाथि शोषण भएकाे भन्दै काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीहरू आन्दोलित

आफूमाथि शोषण भएको भन्दै काठमाडौँ मेडिकल कलेजका स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन्।

तोकिएको सेवासुविधा नदिएको, इन्टरनसीपको पैसा फिर्ता नगरेको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलित भएका हुन्।

सोमबार बिहानैदेखि उनीहरूले अस्पताल परिसमै आफ्ना मागहरू राख्दै प्रदर्शन गरेका थिए। 

आन्दोलित स्वस्थ्यकर्मीले ड्युटी रोकेका छन्। मेडिकल कलेज व्यवस्थापन, शिक्षामनत्रालयलगायतमा कुरा राख्दासमेत आफ्ना मागहरु सम्बोधन नभएपछि आन्दोलनमा उत्रनु परेको स्वास्थ्यकर्मीले बताएका छन्।

कलेजले भर्नाको समयमा तलब दिने गरी लगेको उक्त इन्टरनसीपको नामको पैसा फिर्ता पाउने उनुपर्ने उनीहरुको माग छ। अहिले कलेजले उक्त पैसा फिर्ता नहुने बताउँदै आएको छ।

प्रकाशित मिति: : 2023-07-24 13:05:00

प्रतिकृया दिनुहोस्