जातीय विभेदको अन्त्य गर्न आन्दोलनको थालनी गर्नुपर्छ : संयोजक सुनार 

दलितका लागि दलित आन्दोलन नेपालका कद्रीय संयोजक खगेन्द्र सुनारले जातीय विभेदको स्वरुप फेरिदै गएको बताएका छन्। मंगलबार दाङमा भएको ‘दलितका लागि दलित आन्दोलन’को जिल्ला भेला अन्तरक्रिया कार्यक्रममा सुनारले यस्तो बताएका हुन्। 

हिजोको तुलनामा आज समाजमा जातीय विभेदको स्वरुप भेरिए पनि विभेद कायमै रहेको भन्दै यसको अन्त्यका लागि देशभरका दलित समुदाय एकजुट हुनुपर्ने सुनारको भनाइ छ। उनले जातीय विभेदको अन्त्यका लागि शान्तिपुर्ण आन्दोलनको थालनी गर्नुपर्ने बताए।

दलितका लागि दलित आन्दोलन नेपाल दाङका संयोजक केशव नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ठ अतिथि राजु सुनारले दलितका लागि दलित आन्दोलन देशैभर शाखा विस्तार गर्ने तयारी भएको बताए। उनले दलित आन्दोलनलाई थप सशक्त बनाउँदै नतिजामुखी बनाउन आवश्यक रहेको बताए।

दलित अधिकार्मीहरु निर्मला विक,  लिला विक, मुक्ति बादी, प्रेमनारायन विक, लक्ष्मी बस्याल, फत्ते परियार, रिता विकले दुर्गममा मात्रै नभएर  दाङ जस्तो सुगम  ठाउँमा अहिले पनि  विभिन्न  बहानामा जातीय विभेदका घटना हुनु निन्दनीय भएको बताए।

प्रकाशित मिति: : 2023-07-26 06:28:00

प्रतिकृया दिनुहोस्