ट्रम्पलाई तेस्रोपटक फौजदारी अभियोग: बिहीबार हाजिर हुन पूर्जी जारी

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पलाई तेस्रोपटक फौजदारी अभियोग लगाइएको छ। अमेरिकी न्याय विभागद्वारा गठित ग्राण्ड जुरीका प्रमुख अभियोजनकर्ता ज्याक स्मिथले ट्रम्पलाई अमेरिकी राजधानी वासिङ्टन डीसीमा २०२१ को जनवरीमा ६ मा २०२० को चुनावलाई उल्टाउने प्रयासका क्रममा भएको आक्रमणका लागि आपराधिक आरोप लगाएका हुन्। 

ट्रम्पविरूद्ध संयुक्त राज्य अमेरिकालाई धोका दिने; आधिकारिक कार्यवाहीमा बाधा पुर्‍याउने; आधिकारिक कार्यवाहीमा अवरोध र अवरोध गर्ने प्रयास; र अधिकार विरुद्ध षड्यन्त्र गरेका चारवटा संगीन अभियोग लगाइएका छन्। 

यी अभियोगहरूको प्रतिरक्षा गर्न उनलाई पूर्वीय समयअनुसार विहीबार अपरान्ह ४ बजे वासिङ्टनस्थित संघीय अदालतमा हाजिर हुन पूर्जी काटिएको छ। 

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पलाई तेस्रोपटक फौजदारी अभियोग लगाइएको छ। वासिङ्टन डीसीमा २०२१ को जनवरीमा ६ मा २०२० को चुनावको परिणामलाई उल्टाउने प्रयासका क्रममा भएको आक्रमणका लागि उनलाई अपराधिक अभियोग लगाइएको हो।

यसैबीच ट्रम्पलाई फौजदारी अभियोग लगाइएकोमा अमेरिका पार्टीलाइनमै विभाजित भएको छ। रिपब्लिकनहरू एक स्वरमा ट्रम्पको पक्षमा उभिएर अभियोगलाई आउँने चुनावमा ट्रम्पलाई उम्मेद्वार हुनबाट रोक्ने राजनीतिक षडयन्त्र भएको बताएका छन्। उनीहरूले ह्वाइट हाउसले शक्तिको दुरूपयोग गरेको बताएका छन्। 

तर, ह्वाइट हाउसले भने यस विषयमा कुनै प्रतिक्रिया दिन अस्विकार गरेको छ। 

डेमोक्रेट्सहरू भने कानूनले आफ्नो बाटो लिएको बताउँदै ट्रम्पले राष्ट्रद्रोह गरकाले उनी सजायका भागिदार रहेको बताएका छन्।

आगामी वर्ष हुने राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेद्वारका आंकाक्षीहरूमा ट्रम्प सबैभन्दा अगाडि छन्। उनका विरूद्ध एकपछि अर्को गरेर संगीन आरोपहरू लागे पनि उनको लोकप्रियता घटेको छैन। आइतबार सार्वजनिक भएको टाइम्स/सियना मतसर्भैक्षणले पनि बाइडेन र ट्रम्पलाई समान ४३ प्रतिशत समर्थन मिलेको देखाइएको छ।  

प्रकाशित मिति: : 2023-08-02 07:08:00

प्रतिकृया दिनुहोस्