बचत रकम फिर्ता पाउनुपर्ने माग गर्दै सहकारी पीडितकाे प्रदर्शन (तस्बिरहरू)

सहकारी पीडितहरूले नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन्।

सहकारीमा आफूहरूले बचत गरेको रकम फिर्ता पाउनुपर्ने माग गर्दै पीडितहरूले बिहीबार माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।

सहकारी संस्थाले आफ्नो बचत अपचलन गरेको भन्दै देशभरबाट काठमाडौंमा आएर पीडितहरू प्रदर्शनमा उत्रिएका छन्।

उनीहरुले बचतकर्ताहरूकाे बचत फिर्ता सुनिश्चित गर्न नसकेकाे भन्दै सहकारी विभाग खारेज गर्नुपर्ने माग गरेका छन्।

प्रकाशित मिति: : 2023-08-03 16:26:00

प्रतिकृया दिनुहोस्