चलचित्र ‘गोठ’को पहिलो पोस्टर सार्वजनिक

चलचित्र गोठको पहिलो पोस्टर सार्वजनकि भएको छ। शुक्रबार चलचित्र निर्माण टीमले पहिलो पोस्टर सार्वजनिक गरेको हाे।

चलचित्र गोठ कर्णालीको कथामा आधारित छ। खस भाषामा बनाइएको चलचित्र कर्णाली प्रदेशको कालिकोटमा छायाँङ्कन भएको हो। उक्त चलत्रिमा कर्णालीको समाजिक कुप्रथालाई देखाइएको चलचित्र निर्देशक आयुष शाहीले बताए। उनले छाउपडी प्रथा र बालविवाहलाई समेटर चलचित्र निर्माण गरिएको जानकारी दिए। चलचित्रको लेखन, निर्देशन, निर्माणमा आयुष शाही नै रहेका छन्।

चलचित्रमा मुख्य भुमिकामा बिर्ख महत, लक्ष्मी खत्री, इब्सल सन्ज्याल, स्वागत शाही, तुल्सि विश्वकर्मा, बसन्त विश्वकर्मा, सरगम शाही,यसोदा देवकोटा, आर. के. सिंह, मिनबहादुर शाहीलगायत रहेका छन्।

प्रकाशित मिति: : 2023-08-04 18:53:00

प्रतिकृया दिनुहोस्