केदारनाथ पहिरो: बेपत्ताहरुको सास वा लास भेटिने आश मरेपछि आफन्तले गरे अन्तिम संस्कार

भारतको केदारनाथमा पहिराेमा परेर बेपत्ता भएका जुम्लाका ११ जनाको सास र लास दुबै भेटिने आश मरेपछि अन्तिम संस्कार गरिएकाे छ।

गतको बिहीबार राति नेपालीहरुले संचालन गरेकाे होटलमा पहिरो खस्दा जुम्लास्थित पातारासी गाउँपालिका एकै परिवारका सात जनासहित ११ जना बेपत्ता भएकाहरु भेटिने आश मरेपछि अन्तिम संस्कार गरिएकाे हाे।

पातरासी गाउँपालिका- ३ का वडा अध्यक्ष गोविन्द रावतले शनिबार परम्पराअनुसार आफन्तले बेपत्ताहरुको पुत्ला बनाएर अन्त्यष्टी गरेका हुन्।

पहिरोमा परी जुम्ला पातारासी- ३ चौरगाउँका एकै परिवारका सातसहित नौं जना र पातारासी- २ का दुई तथा हुम्लाका ३ सहित १३ जना बेपत्ता भएका थिए। तीमध्ये तीन नेपालीको शव शुक्रबार साँझ भेटिए पनि उनीहरुको सनाखत भएको छैन।

हालसम्म बेपत्ता हुनेमा पातारासी– ३ चौरका २८ वर्षीय अमर बोहोरा, उनकी पत्नी २६ वर्षीया अनिता, १४ वर्षीया छोरी राधिका, ८ वर्षीया छोरी पिंकी, ७ वर्षीय छोरा पृथ्वी, ६ वर्षीय छोरा जटिल र ३ वर्षीय छोरा वकिल छन्। उनीहरुसँगै चौरगाउँकै सुखीराम रावत र बमबहादुर बोहोरा पनि बेपत्ता भएकाे पातरासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया राेकायाले जानकारी दिइन्।

उनकाअनुसार बेपत्ता हुनेमा सोही गाउँपालिका वडा नम्बर २ पेरेका २२ वर्षीय चन्द्र नेपाली र ५५ वर्षीय सुखराम रावत छन्। हुम्लाका वीरबहादुर, उनकी पत्नी सुमित्रा र छोरी निशा पनि बेपत्ता भएको बताइएको छ।

पहिराले लगेका मान्ठ क्यागरी आउलान् !

प्रकाशित मिति: : 2023-08-06 17:05:00

प्रतिकृया दिनुहोस्