प्रचण्ड गर्मीले अमेरिकाका पाँच काउन्टीमा १ सय ४७ जनाको मृत्यु

अमेरिकामा प्रचण्ड गर्मीका कारण पाँचवटा काउन्टीमा कम्तीमा एक सय ४७ जनाको ज्यान गएको छ। 

यो विज्ञहरूले अनुमान गरेभन्दा निकै कम भएको केबल न्युज नेटवर्क (सिएनएन) ले जनाएको छ। 

मृत्युको रिपोर्ट तीन राज्यमा भएको छ जुन सबैभन्दा खराब पीडित छ। यसै महिनाको प्रारम्भमा एरिजोनाको पिमा काउन्टीमा ६४ र म्यारीकोपामा ३९ जना, नेभाडाको क्लार्क काउन्टीमा २६ जना, टेक्सासको वेबमा ११ र ह्यारिस काउन्टीमा सात जनाको ज्यान गएको उनीहरूले बताएका छन्। 

जुनको अन्तिम सातादेखि बढेको गर्मी अझैसम्म जारी नै छ। जुन र जुलाई महिनमा लगातार ३१ दिन एक सय १० डिग्री फरेनहाइटभन्दा माथि तापक्रम पुगेपछि जनजीवन अस्तव्यस्त भएको थियो।

आँधी र बाढीमा भन्दा गर्मीले ज्यान गुमाउनेको सङ्ख्या अधिक भएकामा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। जलवायु सङ्कटले यस्तो अवस्था निम्त्याएको उनीहरूको तर्क छ। 

हार्वर्ड विश्वविद्यालयका  चिकित्सक डेभिड एस जोन्स देशभरिबाट सङ्कलन गरिएको मृत्युको विवरण कम भएको टिप्पणी गर्दै उनले गणनालाई रहस्यमय भनेका छन्। 
 

प्रकाशित मिति: : 2023-08-08 15:47:00

प्रतिकृया दिनुहोस्