संयुक्त राष्ट्रसङ्घद्वारा कोलम्बिया हिंसाको निन्दा

संयुक्त राष्ट्रसङ्घले कोलम्बियामा नाटकीय ढङ्गले हिंसात्मक घटना बढेकामा त्यसको निन्दा गरेको छ।

कोलम्बियामा यो वर्षको पहिलो छ महिनामा ५० भन्दा बढी नरसंहारका घटना भएका छन्। सरकार र सशस्त्र समूहबीचको युद्धविरामका बाबजुद ११ प्रतिशतले हिंसा बढेको राष्ट्र सङ्घले जनाएको छ।

मानवअधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तका प्रतिनिधि जुलिएट डे रिवेरोले बढ्दो हिंसाप्रति दुःख व्यक्त गरेकी छन्। बोगोटामा  मानवीय अवस्थासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै उनले सुरक्षा बलमाथि भएका अन्धाधुन्ध आक्रमण, गैर–राज्य र सशस्त्र समूह तथा आपराधिक सङ्गठनका नरसंहारका घटनाले सबैलाई चिन्तित तुल्याएको बताइन्।

गत वर्षको अन्त्यमा राष्ट्रपति गुस्ताभो पेट्रोले देशका पाँच प्रमुख सशस्त्र समूहहरूसँग द्विपक्षीय युद्धविरामको घोषणा गरेको थियो तर त्यसको पूर्ण पालना नहुँदा अमूल्य मानव जीवन अतिवादी समूहको आक्रमणमा नाश भइरहेको छ। बितेका छ महिनाम नरसंहारका घटनामा १९ जना बालबालिकाका साथै एक सय ६८ जना मारिएका छन्।

प्रकाशित मिति: : 2023-08-17 05:30:00

प्रतिकृया दिनुहोस्