बर्दियामा सुनारले गरे घाँस काटिरहेकी श्रीमतिको हत्या  

बर्दियाको बढैयाताल गाउँपालिका– १ सानोडाँफेका ५० वर्षीय कृपाल सुनारले श्रीमतिको हत्या गरेका छन्।

आज (बिहीबार) दिउँसो सवा २ बजे घर नजिकै खेतमा घाँस काट्न गएकी ४० वर्षीय केस कुमारी वि.कलाई सुनारले पछाडिबाट घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

सुनारले धारिलो हतियारले घाँटीमा प्रहार गरे पश्चात बिक खेतमा ढलेकी थिइन्। त्यही खेतको पानीमा सुनारले थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए।

प्रहरीले सुनारलाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट खटिएको प्रहरी टोलीले सुनारलाई पक्राउ गरी कर्तब्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2023-08-17 19:32:00

प्रतिकृया दिनुहोस्