रूससँगको कैदी आदानप्रदानमा सयौँ युक्रेनी नागरिक रिहा

फाइल तस्बिर
फाइल तस्बिर

रूस–युक्रेन द्वन्द्वमा बन्धक बनाइएका दुई हजार ५९८ युक्रेनी नागरिकलाई कैदी आदानप्रदान गर्ने सहमति अनुसार रिहा गरिएको युक्रेन समाचार संस्था, इन्टरफ्याक्सले शुक्रबार जनाएको छ।

युक्रेनको सैन्य गुप्तचर निकायका प्रवक्ता एन्ड्री युसोभका अनुसार युक्रेनले द्वन्द्व सुरु भएदेखि अहिलेसम्म रूससँग ४८ जना कैदीआदानप्रदान गरिसकेको छ।

युसोभले द्वन्द्वको सक्रिय चरणमा भएको युक्रेन र रूसबीच कैदी अदलाबदलीको प्रक्रियालाई ‘अभूतपूर्व स्थिति’ को रूपमा वर्णन गरेका छन्।

युसोभका अनुसार जेनेभा कन्भेन्सनले शत्रुताको सक्रिय चरणमा प्रत्यक्ष रूपमा आदानप्रदानको व्यवस्था गर्दैन र यसले शत्रुताको अन्त्यपछि युद्धबन्दीहरूको फिर्तीको व्यवस्था गर्दछ।

दुई देशबीच थप कैदी आदानप्रदानको तयारी भइरहेको उनले बताए।

प्रकाशित मिति: : 2023-08-20 05:58:00

प्रतिकृया दिनुहोस्