प्रिगोजिन विमान दुर्घटनासँग युक्रेनको कुनै सरोकार छैनः जेलेन्स्की

फाइल तस्बिर
फाइल तस्बिर

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विमान दुर्घटनामा वाग्नरका प्रमुख येवगेनी प्रिगोजिनको मृत्युसँग आफ्नो देशको कुनै सम्लग्नता र सरोकार नरहेको बताएका छन्। 

'यो अवस्थासँग हाम्रो कुनै सरोकार छैन, यो निश्चित छ। मस्को र सेन्ट पिटर्सबर्गको बीचमा प्रिगोजिनलाई यात्रुको रूपमा दर्ता गरिएको एक निजी जेट दुर्घटना भएको एक दिनपछि' उनले पत्रकारहरूसँग भने,'मलाई लाग्छ: यो कसको चिन्ता हो, सबैलाई थाहा छ।'

दुर्घटनाग्रस्त एम्ब्रेर लिगेसी जेटमा रहेका वाग्नर प्रमुख प्रिगोजिनसहित सबै १० यात्रुको शव फेला परेको रूसी आपत्कालीन सेवाले जनाइसकेको छ। प्रिगोजिनले दुई महिना अघि असफल विद्रोह सुरु गरेर राष्ट्रपति भ्लादिमिर पुटिनलाई चुनौती दिएका थिए।

प्रिगोजनसमेत सवार उक्त जेट समस्याका कुनै सङ्केत नै नदेखाइ अचानक खसेको ‘फ्लाइट ट्र्याकिङ डेटा’मा देखिन्छ। त्यसपछि करिब ३० सेकेन्डमा उक्त जेट २८ हजार फिटको उचाइबाट आठ हजार फिटभन्दा तल खसेको थियो। प्रहरीले दुर्घटनास्थल वरपरको क्षेत्रलाई ‘सिल’ गरेको छ।  

प्रकाशित मिति: : 2023-08-25 05:32:00

प्रतिकृया दिनुहोस्