ट्रम्पलाई 'मगसट'को ब्राण्डिङ, दुई दिनमै थपियो ७१ लाख डलर चन्दा

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प कैदी नम्बर पी०११३५८०९ भएको मगसट सार्वजनिक भएसँगै रिपब्लिकन पार्टीभित्र उनको लोकप्रियता ह्वात्तै बढेको छ।

प्रहरीको अभिलेखमा राखिने यो तस्बिर सार्वजनिक भएपछि मात्रै उनको चुनावी क्याम्पेनलाई  ७१ लाख डलर चन्दा संकलन भएको छ। 

२०२० को राष्ट्रपति चुनावको क्रममा जर्जिया राज्यको फुल्टोन काउन्टीमा भएको मतगणना उल्ट्याउन ट्रम्प र उनका १८ सहायक तथा समर्थकले गरेको प्रपञ्चविरूद्ध अभियोग लागेपछि ट्रम्प विहीबार फुल्टोन काउन्टी जेलमा हाजिर हुन गएका थिए। 

जेलमा हाजिर हुनुअघि नै दुईलाख धरौटीमा छुट्ने सहमति गरिसकेका ट्रम्प कानूनी प्रकिया पूरा गरेलगत्तै छुटेका थिए।

त्यसको अर्को दिन विस्कन्सनको मवाकीमा रिपब्लिकन पार्टीबाट राष्ट्रपति उम्मेद्वारका आकांक्षीहरूबीच प्रत्यक्ष टेलिभिजन बहस आयोजना गरिएको थियो। दक्षिपन्थी मिडिया फक्स न्युजले प्रत्यक्ष प्रसारण गरेको बहसमा ट्रम्प गयल भए पनि धेरैको ध्यान उनीतिरै तानिएको थियो। १२ जना आकांक्षीमध्ये बहसमा ८ जना सहभागी भएका थिए।

प्रकाशित मिति: : 2023-08-27 20:20:00

प्रतिकृया दिनुहोस्