प्रतिष्ठान कर्णालीकाे गाैरव हाे: स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहन बहादुर बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णालीकाे गाैरव भएकाे बताएका छन्।

प्रतिष्ठानकाे डायलासिस सेवा र स्किल ल्याब हस्तान्तरण गर्ने कार्यक्रम उद्घाटन गर्न जुम्ला पुगेका प्रतिष्ठानका सहकुलपति समेत रहेका मन्त्री बस्नेतले स्वास्थ क्षेत्रमा प्रतिष्ठानले खेलेकाे याेगदानकाे विश्वले चर्चा गरिरहेकाे हुँदा कर्णालीकाे गाैरव भएकाे बताएका हुन। हाल धेरैजसाे गाउँका मान्छेहरु शहर केन्द्रित भइरहेका छन् भने सहरका मान्छेहरु जुम्ला आउने वातावरण बन्नु नै कर्णाली गर्भ गर्ने थलाे भएकाे मन्त्री बस्नेतले बताए। उनले भने, 'कर्णालीका लागि याे ठूलो प्रगति हाे। याे सबै प्रतिष्ठानले बनाएकाे हाे। त्यसैले अब कर्णालीमा जन्मनु हिनताबाेध हाेइन गाैरव मान्नुपर्छ।'

उनले प्रतिष्ठानले कर्णालीमा आधारभूत मात्रै हाेइन, विशिष्ट खालकाे स्वास्थ्य सेवा दिइरहेकाे र यसैकाे बलमा स्वास्थ्य सेवा र शिक्षा दुबै क्षेत्रमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले देशमा आफ्नाे स्पेस निर्माण गर्न सफल भएकाे बताए। 'सुर्खेतमा बसेर कर्णाली हेर्न सकिदैँन। प्रकृति, जल, जमिन र जंगलले साथ दिएकाे भूगाेल हाे कर्णाली,' उनले भने, 'प्रकृतिले साथ दिएकाे ठाउँलाई हामी सबै मिलेर बनाउनुपर्छ। अब प्रतिष्ठानलाई बजेटकाे कुनै अभाव हुनेछैन।आज डायलासिस गर्ने काम सुरु भएकाे छ। थप डायलासिस मेसिन, ब्लड बैंक र अल्ट्रासाउन्ड मेसिन आवश्यक परेकाे खण्डमा माग मात्रै गर्नुस्, हामी पठाउनेछाैं।'

उनले आफू हरेक दिन एक नयाँ काम गरेर देखाउने गरि लागेकाे हुनाले अहिले स्वास्थ्य मन्त्रालय नेपालकाे काम गर्ने मन्त्रालयकाे रुपमा चिनिएकाे बताए। हरेक नेतालाई आफ्नाे जिल्लामा र हरेक राम्रो डाक्टरलाई आफ्नाे क्षेत्रमा प्रतिष्ठान चाहिनुले प्रतिष्ठान प्रति गलत म्यासेज गएपनि कर्णाली जस्ताे ठाउँमा प्रतिष्ठान हुनु गाैरवकाे विषय बनिरहेकाे मन्त्री बस्नेतले बताए। उनले देशकाे स्वास्थ्य क्षेत्रमा धेरै विकृति भएपनि त्यसलाई क्रमशः सुधार्दै जाने बताए। 'हाम्राे देशमा फार्मासिष्टहरु भन्दा धेरै फार्मेसी खाेलिएकाे छ। याे ठूलो विकृति हाे। सरकारी अस्पतालहरुमै ठूलो विकृति छ। सुधार त्यहीँबाट हुनुपर्छ। सहरी अस्पतालमा ८ सय भन्दा बढी स्वास्थ्यकर्मीहरु काजमा छन्। एक जनाकाे काज फिर्ता मात्रै गर्न खाेज्याे भने चार वटा पार्टीका अध्यक्षकाे फाेन आउँछ र पनि हामी पछि हट्नेछाैनाैं,' उनले भने।

मन्त्री बस्नेतले देशमा पैसा नभएर उपचार नपाएकाे कुरा कसैले थाहा मात्रै पाएपनि आफूलाई खबर गर्नु र उपचारकाे जिम्मा आफ्नाे हुनेछ भन्दै 'देशकाे संविधानमा नि:शुल्क स्वास्थ्यकाे व्यवस्था छ। तर बिरामीले भर्ना समेत नपाउने अवस्थामा कदापी आउन दिने छैनाैं,' भने। उनले प्रतिष्ठानकाे जिम्मेवारीमा रहेका पदाधिकारीलाई टिम मिलाएर लाग्न आग्रह गरे। 'सेवा बढाउँदै जाँउँ, काम राम्राे गर्दै जाँउँ, पैसाकाे अभाव कहिले पनि हुनेछैन,' काम गर्दा कँहि कतै खर्च गर्नु नपर्ने भन्दै उनले भने, 'बाँडेर हिडेकाे मान्छे हुँ।एक पैसा खाएका थाहा पाउनुभयाे भने राजिनामा दिन्छु।'

नेपालकाे चिकित्सा क्षेत्र साह्रै राम्राे भएकाे सन्देश विश्वभर फैलाउनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे पनि याेगदान रहेकाे मन्त्री बस्नेतकाे भनाइ छ। उनले भने, 'विश्वभरबाट डक्टर पढ्न नेपालमा आउन तयार छन्। ती विद्यार्थीहरु कर्णालीमा पनि आउनेछन्।' कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अन्य विश्वविद्यालय र देशका अन्य प्रतिष्ठानले अध्यापन गराइरहेकाे काेर्षका अतिरिक्त माउन्टेन मेडिसिन अध्यापन गराइरकाे विषयलाई मध्यनजर गर्दै आयुर्वेद प्रणालीबाट ओैंषधि उत्पादन गर्ने विषयमा ध्यान दिनुपर्ने मन्त्री बस्नेतकाे भनाई छ। 'कर्णालीकाे स्वस्थ्य सेवा राम्राे छ। ओैषधि उत्पादनकाे सम्भावना पनि राम्राे छ,' उनले भने, 'एक समय याे विश्वकै राम्राे कलेज र स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाकाे रुपमा चिनिनेछ।

यसका लागि तपाईंहरु आजकै मितिबाट हुत्ति र बुद्धि लगाएर काम गर्नुस्, सफलता नजिकै छ।' कर्णाली प्रतिष्ठान आफ्नाे घर आगनकाे संस्था भएकाले यसकाे वृद्धि विकासका लागि जस्तोसुकै कदम चाल्न तयार रहेकाे सांसद कान्तिका सेजुवालले बताइन्। उनले भनिन्, 'याे विश्वमा परिचित संस्था हाे। थप परिचित गराउन प्रतिष्ठान परिवार लागरहेकाे हुँदा हामी निरन्तर लागिरहनेछाैं।' कर्णाली प्रदेश सभाका सदस्य देवेन्द्र शाहीले जुम्लाकाे स्वास्थ्य क्षेत्रका सबै समस्या समाधानका लागि आफू तयार रहेकाे बताउँदै प्रतिष्ठानमा ब्लड बैंक स्थापना गर्नकाे लागि प्रदेश सरकार सकारात्मक रहेकाे बताए।

जिल्ला समन्वय समितिका प्रमुख गाैरीनन्द आचार्यले प्रतिष्ठानबाट प्राेफेसरहरु पलायन भइरहेकाले उनीहरुलाई नियमित रुपमा बस्ने वातावरण बनाउन आग्रह गरे। उनले भने, 'याेग्य डाक्टर छैनन्। फाेहाेर व्यवस्थापन हुन सकेकाे छैन। जसले सुन्दर प्रतिष्ठानकाे भविष्य के हुने संसय उत्पन्न हुन थालेकाे छ। यसकाे व्यवस्थापन गरिदिन प्रतिष्ठानका पदाधिकारीलाई आग्रह गर्छु।'

स्वास्थ्य मन्त्रालयकी सचिव देव कुरमारी गुरागाईंले संविधानले स्वास्थ्य सेवामा पहुँच जरुरी ठानेकाे र कर्णाली जस्ताे ठाउँका जनताले उच्चस्तरीय सेवा पाइरहनुमा प्रतिष्ठानकाे ठूलाे भूमिका रहेकाे बताइन्। 'स्वास्थ्य मन्त्रालयले आवश्यक सहयोग गर्नेछ। बजेट र अन्य सेवा सुविधाकाे अभाव हुनेछैन,' उनले भनिन्, 'काेभिडमा कर्णालीले देखाएकाे साहस अत्यन्तै सह्रानीय छ। यसकारण साधनकाे सदुपयोग गरे बजेटकाे अभाव हुनेछैन।' ८१९ जना विद्यार्थी अध्ययनर प्रतिष्ठानमा १४ वटा घरहरु भाडामा लिएर चलाइरहेकाे हुनाले समस्याका चाँङ लागेकाे प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले बताए। उनले भने, 'स्वास्थ्यमन्त्री केही गराैं भन्ने साेचकाे हुनुहुन्छ। हाम्रो धेरैजसाे समस्या समाधान हुने विश्वास लिएका छाैं।'

प्रकाशित मिति: : 2023-08-31 18:17:00

प्रतिकृया दिनुहोस्