भारतले खेल जित्यो, नेपालले संसारको मन

दुईपटक विश्वकप उचालिसकेको क्रिकेट महारथी भारतसँगको पहिलो भिडन्तमै नेपालले सम्मानजनक प्रदर्शन गरेको छ ।

भारतको भन्दा ४४ वर्षपछि एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन थालेको नेपालले सोमबार श्रीलंकाको क्यान्डीमा जारी एसिसी एसिया कपमा टेस्ट राष्ट्र भारतसँग पहिलोपटक प्रतिस्पर्धा गरेको हो ।

पराजय भोगे पनि विश्व क्रिकेटका अब्बल खेलाडीले भरिएको भारतीय टोलीविरुद्ध नेपाली ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरे ।

प्रकाशित मिति: : 2023-09-05 18:23:00

प्रतिकृया दिनुहोस्