आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सुवासचन्द्र नेम्वाङ एकताको प्रतीक भएको बताएका छन्।
हृदयघातबाट मंगलबार बिहान निधन भएका संविधानसभा अध्यक्ष एवम् एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङको निधनपछि एमाले मुख्यालय पुगेका साहले यस्तो प्रतिक्रिया दिएका हुन्।
‘नेपालीहरुमा जसरी विविधतामा एकता छ, उहाँ पनि विविधतामा एकताको प्रतीक हुनुहुन्थ्यो’, साहले भने, ‘उहाँको निधनबाट देशलाई ठुलो क्षति भएको महसुस गरेको छु। उहाँप्रति हार्दिक श्रदाञ्जली व्यक्ति गर्दछु।’
नेम्वाङले संविधान निर्माणमा गरेको योगदान नेपाली जनताले बिर्सिन नहुने साहको भनाइ छ।