लुम्बिनीको राजधानी क्षेत्रमा जग्गा रोक्काको तीन वर्ष : आर्थिक गतिविधि ठप्प, घर व्यवहार लथालिङ्ग

अनलाइनखबर

आभास बुढाथोकी

दाङको गढवा गाउँपालिका-३ खैरेनीका मनोज कुमाललाई जग्गा रोक्का हुँदा झन् ठूलो समस्या झेल्नु पर्‍यो । ज्याला मजदुरी गरेर उनको परिवारले घर खर्च चलाउँथ्यो । गत वर्ष बाबु बुद्धिराम बिरामी परेपछि ऋण काढेर उपचार गरे । तर बाबुलाई बचाउन सकेनन् । त्यसपछि जसोतसो काजकिरीया सकेे ।

लगत्तै आमा मन्जु बिरामी परिन् । आमालाई उपचारका लागि आवश्यक पर्ने पैसा उनीसँग थिएन । आमाको उपचार खर्च जुटाउन पुर्ख्यौली जग्गा बेच्न खोजे तर पाएनन् । प्रदेश सरकारले लगाएको जग्गा रोक्का कारण उनले पनि जग्गा बेच्न सकेनन् । अन्ततः उपचार अभावमा उनले आमा पनि गुमाए ।

प्रकाशित मिति: : 2023-09-14 10:23:00

प्रतिकृया दिनुहोस्