प्रधानमन्त्री प्रचण्ड र छोरी गंगाको ट्रान्जिटमै 'लुगा फेरफार' चर्चामा

प्रदीप भट्टराई

न्युयोर्क, अमेरिका

प्रधानमन्त्री प्रचण्ड अमेरिका आइपुगे लगत्तै प्रधानमन्त्री के कामका लागि आएका भन्ने विषय गौढ बनेको छ भने उनले र उनकी छोरी गंगा दाहालले कतार ट्रान्जिटमा फेरेको लुगाको चर्चा सुरू भएको छ।

प्रधानमन्त्री प्रचण्ड काडमाडौंमा विदाइ हुँदा दौरा सुरूवाल, कोट, टोपीमा देखिएका छन् भने अमेरिकाको न्युयोर्कस्थित जेएफके विमानस्थलमा टाइ, सुटमा अवतरण भएका छन्। यसबीचमा उनको कतारको दोहामा ट्रान्जिट थियो। उनले त्यही लुगा फेरेको अनुमान गरिएको छ।

यसैगरी उनकी छोरी गंगा दहालले पनि कतारमै लुगा फेर्न भ्याएकी छिन्। उनी काठमाडौंमा रेड कार्पेट नाप्दा सारी, चोलीमा सजिएकी देखिन्छिन् भने न्युयोर्कको जेएफके विमानस्थलमा ब्लेजर र स्कर्टमा देखिएकी छिन्।

समयअनुसार लुगा फेर्नु सामान्य हो तर प्रधानमन्त्री प्रचण्डको कम्युनिष्ट राजनीतिक पृष्ठभूमि र उनको जनाधारलाई आधार न्माने हो भने यो एक किसिमको पेटी बुर्जुवा स्वाङ् हो। नेपालबाट उड्दा पहिरनले राष्ट्रिय नेपालका प्रधानमन्त्री गन्तव्यमा पुग्दा अन्तर्राष्ट्रिय नेपालका प्रधानमन्त्री प्रधानमन्त्री भैरहनुनपर्ने हो। त्यसमा पनि उनलाई जेएफकेमा स्वागत गर्ने नेपाली नियोगका प्रमुखले नै हो। त्यसबीचमा कुनै औपचारिक कार्यक्रम र भेटघाट पनि हुने हैन।

प्रधानमन्त्री प्रचण्ड अमेरिका आइपुगे लगत्तै प्रधानमन्त्री के कामका लागि आएका भन्ने विषय छायाँमा परेको छ भने उनले र छोरी गंगा दाहालले कतार ट्रान्जिटमै गरेको  लुगा फेरफारको चर्चा सुरू भएको छ।

अमेरिकाको नेपाली डायस्पोराका सामाजिक सञ्जालमा दोहा ट्रान्जिटमै गरेको लुगा फेरफारलाई लिएर प्रधानमन्त्री र उनकी छोरीको खिल्ली उडाउन सुरू भएको छ। एक सामाजिक सञ्जालकर्मी लेख्छन्, 'आखिर गंगाको काम, आफू पनि लुगा फेर्ने र बाबुको पनि लुगा फेराउने त हो। आखिर गंगाको काम, आफू पनि लुगा फेर्ने र बाबुको पनि लुगा फेराउने त हो। नेपाल सरकारलाई २२५ डलर तिराएपछि त्यति ड्युटी त गर्नै पर्यो नि।'

त्यसो त प्रधानमन्त्री प्रचण्ड लवाइ खवाइमा सौखिन मानिन्छन्। उनको लवाइ खवाइ यसपटक मात्र हैन, पटक पटक चर्चाको विषय बनिसकेको छ।

प्रचण्डकी छोरी गंगा त पूरै पेटी ब्रुजुवा हुन् भनेर उनकै पार्टीका कम्रेडहरू भन्छन्। एक माओवादी कार्यकर्ता लेख्छन्, 'गंगा सुजाता हुन एक बित्ता मात्र बाँकि छ।' स्मरणीय छ, गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उनकी पुत्री सुजाता कोइरालाको चुरीफुरी पनि टाउकोमै टेक्नेखालको थियो।  

एक अर्का सामाजिक सञ्जालकर्मी लेख्छन्, ' यो त कास्टिङ् मात्र हो, सिनेमा त सुरू हुनै बाँकि छ।'

 

प्रकाशित मिति: : 2023-09-18 17:45:00

प्रतिकृया दिनुहोस्