आफ्ना नागरिकलाई जेलबाट छुटाउन अमेरिकाले इरानलाई ६ अर्ब बुझायाे

Photo: Agency
Photo: Agency

इरानी कारगारमा रहेका ६ जना अमेरिकी नागरिकको रिहाइका निम्ति वासिङ्टनले इरानलाई ६ अर्ब अमेरिकी डलर प्रदान गरेको छ।

अमेरिका–इरान कैदी आदानप्रदान सम्झौताअन्तर्गत कतारी बैंकहरूमा उक्त रकम जम्मा गरिएको हो। अमेरिकी बन्दीहरूलाई इरानबाट बाहिर निकाल्न तेहरानमा तयारी अवस्थामा एउटा विमान राखिएको एक स्रोतले सोमबार एएफपीलाई बताएको छ।

अमेरिकी निर्देशनमा दक्षिण कोरियाले उक्त रकम तेहरानलाई निकासा दिएको हो। सोललाई इन्धन बेचेको भुक्तानी अमेरिकी निर्देशनमा तेहरानले पाएको थिएन। आणविक वार्ताबाट इरान पछिहटेपछि ट्रम्प प्रशासनले तेहरानमाथि प्रतिबन्ध लगाउँदै दक्षिण कोरियाले भुक्तानी दिनुपर्ने रकम रोक्का गरेको थियो। वासिङ्टन र तेहरानबीच कूटनीतिक सम्बन्ध नभएकाले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको कतारले दुवै पक्षलाई रकम जम्मा भएको जानकारी दिएको छ।

तेहरान र वासिङ्टनबीच बन्दी आदानप्रदान सम्झौताअन्तर्गत इरानमा थुनामा रहेका ५ अमेरिकी अनुसार अमेरिकामा हिरासतमा रहेका ५ इरानीलाई पनि थुनामुक्त गरिने छ। कतारले इरानी र अमेरिकी अधिकारीहरूलाई स्विट्जरल्याण्डबाट ६ अर्ब  डलर कतारका बैंक खातामा स्थानान्तरण गरिएको सूचनासमेत दिइसकेको छ। पाँच अमेरिकी नागरिक र २ जना उनीहरूका आफन्तलाई दोहा ल्याउन कतारी जेट इरानमा तयारी अवस्थामा रहेको कतारी अधिकारीहरूले बताएका छन्।

तेहरानले पक्राउ गरेका ५ जना इरानी मूलका अमेरिकी हुन्। इरानमा बन्दी बनाइएका अमेरिकीहरूमध्ये व्यापारी सियामक नमाजीलाई जासुसीको आरोपमा लगाइएको थियो। हिरासतमा लिइएका अन्य वन्यजन्तु संरक्षणवादी  हुन्। अमेरिकाले पक्राउ गरेका एक जनामाथि जासुसी गरेको, अर्का २ जना इरानी सेनासँग सम्बन्ध भएको तथा २ जनाले अमेरिकी प्रतिबन्ध उल्लङ्घन गरेको आरोप लगाएको थियो।

– एजेन्सी

प्रकाशित मिति: : 2023-09-18 18:38:00

प्रतिकृया दिनुहोस्