अमेरिकामा नेपालीको जनसंख्या दुईलाख १९ हजार पाँचसय तीन

बिएल संवाददाता

न्युयोर्क, अमेरिका
BreaknLinks
BreaknLinks

अमेरिकामा कुल नेपालीको जनसंख्या दुईलाख १९ हजार पाँचसय तीन पुगेको छ।

सन् २०२० मा गरिएको अमेरिकी राष्ट्रिय जनगणनाको आधारमा नेपालीको यो संख्या सार्वजनिक गरिएको हो। संयोग नै भन्नुपर्छ नेपालका प्रधानमन्त्री प्रचण्ड अमेरिकामै भएको बेला नेपालीको यो जनसंख्या सार्वजनिक भएको छ।

अमेरिकामा सबैभन्दा धेरै २८ हजार ६ सय ८३ नेपालीको जनसंख्या टेक्सासमा रहेको छ भने २३ हजार ७७ जनसंख्याका साथ न्युयोर्क दोस्रो स्थानमा झरेको छ। तेस्रो स्थानमा रहेको ओहायोमा २१ हजार पाँच सय ६७  नेपाली रहेका छन् भने चौथो स्थानमा रहेको क्यालिफोर्निया राज्यमा १९ हजार छसय ७७ नेपाली बसोबास गरिरहेका छन्।

पाँचौ स्थानमा रहेको पेन्सेल्भेनियामा १४ हजार २ सय एक नेपाली रहेका छन् भने छैटौ स्थानमा रहेको भर्जिनियामा १३ हजार सात सय दुई नेपाली बसोबास गरिरहेका छन्। सातौ स्थानमा रहेको मेरिल्याण्डमा १० हजार पाँचसय ३८, आठौं स्थानमा रहेको मासाचुसेट्समा नौ हजार एक सय दुई, नवाै स्थानमा रहेको कोलोराडोमा सात हजार एक सय १८ र दशौ स्थानमा रहेको नर्थ क्यारोलिनामा पाँच हजार नौ सय ६९ नेपाली रहेका छन्।  

जनगणनाको प्रतिवेदनअनुसार अमेरिकाका सबै ५० राज्य, वासिङ्टन डीसी र अमेरिका शासित पोर्तोरोकोलगायत सबैमा नेपालीको बसोबास रहेको छ। 

अमेरिकामा  सन् २०१० मा नेपालीको जनसंख्या ५१ हजार नौ सय सात मात्र थियो। त्यसयता  २९.५ प्रतिशत बढेर यो जनसंख्या भएको हो। यो बढोत्तरीको आधारमा अमेरिकामा नेपाली तिब्रतम बढिरहेको एसियाली समुहमा परेको छ।

प्रकाशित मिति: : 2023-09-22 09:52:00

प्रतिकृया दिनुहोस्