एमसीसीको नयाँ संकटको अन्तर्य : प्रसारणलाइनको अध्ययनमै त्रुटि

अमेरिकी चासो हेरियो, बजेट हेरिएन

अनलाइनखबर

काठमाडौं

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको प्रसारणलाइन परियोजनाको आधारभूत डिजाइन र वातावरणीय प्रभाव अध्ययन प्रतिवेदनमा गम्भीर त्रुटि भएको फेला परेको छ। मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले प्रसारणलाइन निर्माणसम्बन्धी अध्ययन प्रतिवेदनहरु बलियो आर्थिक लागतको विश्लेषण विना नै स्वीकृत र संशोधन गरेकै कारण अनुमानभन्दा ६६ प्रतिशत उच्च मूल्यमा ठेक्का प्रस्ताव भएको भेटिएको हो।

१३ भदौदेखि ५ वर्षे कार्यान्वयन अवधिको दिनगन्ती सुरु भएपछि यो परियोजना अहिले ठेक्का प्रक्रियाको उल्झनमा फसेको छ। २२ करोड ६ लाख अमेरिकी डलर (रु. २९ अर्ब ११ करोड) अनुमानित लागतको टावर बनाउने र तार तान्ने कामका लागि भएको ठेक्कामा सबैभन्दा कम कबोललाई आधार मान्दा ३६ करोड ५९ लाख अमेरिकी डलर (रु.४८ अर्ब २९ करोड) को प्रस्ताव परेको छ। तर, यसरी बढेको लागत ब्यहोर्न सरकार तयार नभएपछि परियोजना अनिर्णयको बन्दी बनेको छ।

प्रकाशित मिति: : 2023-10-02 10:50:00

प्रतिकृया दिनुहोस्