तिहारमा प्लाष्टिकका माला बिक्री गर्न प्रतिबन्ध

दाङको राप्ती गाउँपालिका तिहारमा प्लाष्टिकका माला, फूलहरु बिक्री गर्न रोक लगाएको छ। एक सूचना जारी गर्दै गाउँपालिका अध्यक्ष प्रकाश विष्टले प्लाष्टिकका माला, फूल बिक्री नगर्न व्यवसायीलाई आग्रह गरेका छन्। 

प्लाष्टिकका मालाको सट्टा स्थानीय कृषकले उत्पादन गरेका सयपत्रीका माला प्रयोग गर्न सूचनामा भनिएको छ। 

राप्ती गाउँपालिकाले अघिल्लो वर्ष नै गाउँपालिकाभित्र प्लाष्टिकजन्य, रबर, खादा, माला, कोल्ड ड्रिङ्क, जंक फूड प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो। 

त्यसको सट्टामा स्थानीय रुपमा उत्पादन भएको खानाका परिकार सार्वजनिक कार्यक्रममा खुवाउन आग्रह गरिएको थियो। 

प्रकाशित मिति: : 2023-10-31 19:07:00

प्रतिकृया दिनुहोस्