मेलामा मगमगाइरहेका फूलहरु (तस्बिरहरु)

ढकमक छन् फूलहरु, गमलामा। त्यो सयपत्री होस् कि गोदावरी। यी फूलहरुले मन कसको लोभ्याउँदैन होला र? 

काठमाडौंको प्रदर्शनी मार्गमा पुग्ने जोकोहीको मन फूलमा नअडिने कुरै भएन। निकै सुन्दर रुप दिएर फूलहरु फुलेका छन्। र, बिक्रीका लागि गमलामा अडिएका छन्, फूलहरु।

नर्सरी व्यवसायी संघले प्रदर्शनी मागमा फूल उत्सव आयोजना गरेको छ। यही ९ गतेदेखि तिहार महोत्सव आयोजना गरेको संघले यहाँ १५० बढी फूलहरु पाइन्छ।

सयपत्री, गोदावरीलगायतका फूलका बिरुवाहरु यहाँ बिक्रीका लागि राखिएको छ। फूल बिक्रीका साथै फूल रोपनका लागि परामर्श पनि दिइने आयोजक नर्सरी व्यवसायी संघले जनाएको छ।

प्रकाशित मिति: : 2023-11-02 07:12:00

प्रतिकृया दिनुहोस्