बर्दियामा बाघले मान्छे खायो

बाघले आक्रमण गर्दा बर्दियाको मधुवन नगरपालिका–५ की २८ वर्षीया गायत्री डाँगीको मृत्यु भएको छ। 

चिरौटे सामुदायिक वनमा बाख्रा चराउन गएको बेला उनलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। 

शुक्रबार दिउँसो डाँगीलाई बाघले आक्रमण गरेको थियो। बाघले आक्रमण गरेको २ बजे खबर पाएको प्रहरीले खोजतलास गर्दा दिउँसो साढे ३ बजे डाँगीलाई मृत फेला परेको थियो। 

अहिले उनको शवलाई पोस्टमार्टमको लागि बर्दिया अस्पतालमा राखिएको छ। बर्दियामा पकट–पटक बाघले आक्रमण गर्दै आइरहेको छ। 

बाघ संरक्षित बर्दिया राष्ट्रिय निकुञ्जमा निकुञ्जबाट आएका बाघले मानिसको ज्यान लिइरहेको छ। 

प्रकाशित मिति: : 2023-11-03 14:19:00

प्रतिकृया दिनुहोस्