‘र्यागिङ’ को कारण ‘हिरोइन’ बनेकी चित्रांगदा सिंह (फोटोफिचर)

तस्बिर: सामाजिक सञ्जाल
तस्बिर: सामाजिक सञ्जाल

बलिउडकी अभिनेत्री तथा माेडल हुन्, चित्रांगदा सिंह।

'हजार ख्वाइसें ऐसी', 'देसी ब्वाइज', 'इन्कार' र 'ये साली जिन्दगी' जस्ता फिल्मबाट उनी चर्चामा आएकी हुन्। 

सैनिक परिवारकी छाेरी उनले कलेजको दिनदेखि नै मोडलिङ गर्न थालेकी थिइन्। भने बलिउडमा उनले 'सरी भाइ' फिल्मबाट डेब्यू गरेकी थिइन्। 

चित्रांगदाले अभिनयको बारेमा कहिल्यै सोचेकी पनि थिइनन् तर र्यागिङका कारण उनी अभिनेत्री बनिन्। 

दिल्लीको लेडी श्रीराम कलेजमा पढ्दा उनी र्यागिङकाे शिकार भएकी थिइन्। कलेजमा भएकाे र्यागिङपछि उनले पहिलाेपल्ट मोडलिङमा अडिसन दिइन्। अनि कलेजकै फेसन टिममा सामेल भइन्। 

उनकाे करिअरकाे सुरूवात एक म्युजिक भिडियाेबाट गरेकी थिइन्। त्यही भिडियाेबाट चर्चा कमाउन थालेकी उनलाई फिल्ममा पनि अफर आउन थाल्याे र उनी चर्चित अभिनेत्री बनिन्। उनै अभिनेत्रीकाे तस्बिरहरू–

 

प्रकाशित मिति: : 2023-11-07 20:00:00

प्रतिकृया दिनुहोस्