विश्व देखाउने साताका १५ तस्बिर

साताको अन्तिम दिन केही घण्टाका लागि हमास र इजरायलबीचको युद्ध थामिएको छ।

हमासले बन्धक बनाएका आफ्ना नागरिक छुटाउनका लागि इजरायल युद्धबिराम गर्न तयार भएपछि हमासले बन्धकहरू छोड्न सुरु गरेको पहिलो चरणमा कम्तीमा ५० जना बन्धक छुट्ने भएका छन्। नेपालका विपिन जोशी पनि हमासको नियन्त्रणमा रहेको पुष्टि इजरायली सुरक्षा नियकाले गरेको छ।

साताको अन्तिमतिर अलिकति खुसी दिने यो समाचारसँगै दक्षिणी गाजाको युनिसमा गाडिँदै गरेका प्यालेस्टिनीहरूको शवको लहरले सारा संसार रुवाएको छ। इजरायली हमलामा उनीहरू मारिएका हुन्।

युद्धग्रस्त युक्रेन यतिबेला हिउँले छोपिन थालेको छ। जाडाे यामको पहिलो हिमपातमा मानिसको दैनिकी झन् कष्टकर बन्न थालेको छ।

यसैसात हिन्दूहरुले छठ पनि मनाएका छन् भने पश्चिमा देशका नागरिकले ‘थ्याङ्क गिभिङ डे’ मनाएका छन्।

रोयटर्सका फोटो पत्रकारहरूले विश्वका विभिन्न ठाउँमा खिचेका मानव र प्राणी जगतका केही रुचिलाग्दा तस्बिरहरू: 

१. हिन्दू धर्मावलम्बीहरुको पर्व छठ पूजाको क्रममा भारतको नयाँ दिल्लीमा प्रदूषित यमुना नदीको बीचमा उभिएर महिला भक्तहरू सूर्य देवताको पूजा गर्दै

२. ९७औँ म्यासीको थ्याङ्क्सगिभिङ डे परेडमा लियो बेलुनलाई हेर्दै सर्वसाधारणहरु न्युयोर्क, अमेरिकामा

३. अरोरा बोरेलिसको नामले बुझिने उत्तरी लाइटहरूले नर्वेको सोमारोयको किनारमा रहेको डुङ्गामाथि रातको आकाशलाई उज्यालो पार्छ।

४. युक्रेनको कीभमा हिमपातको समयमा एक महिला हिउँले ढाकिएको पार्कमा हिँड्दै

५. अल्बानियाको सबैभन्दा ठूलो विपक्षी दल डेमोक्र्याटिक पार्टीका एक सांसदले राजधानी तिरानामा संसदको सत्रमा विरोधको संकेतको रूपमा रंगीन धुँवा बम बालेपछि भएको दौडधुप

६. पहिलो दिनको कन्सर्टको क्रममा गर्मीका कारण एक प्रशंसकको मृत्यु भएपछि अन्य प्रशंसकहरू टेलर स्विफ्ट कन्सर्टको लागि निल्टन सान्तोस स्टेडियम बाहिर पर्खिँदै रियो दि जेनेरियो, ब्राजिलमा

७. इजरायली हमलामा मारिएका प्यालेस्टिनीहरूको शवलाई सामूहिक चिहानमा गाडिँदै, उनीहरूलाई गाजा शहरको अल शिफा अस्पतालबाट गाजाको दक्षिणी गाजा पट्टीको खान युनिसमा गाड्न ल्याइएको हो।

८. संयुक्त राष्ट्रसंघ र युनिसेफलाई हमासद्वारा गाजामा बन्धक बनाइएका बालबालिकाहरूलाई सहयोग गर्न आह्वान गर्दै गाजा पट्टीबाट इजरायलतर्फ प्रक्षेपित आगमन रकेटहरू सङ्केत गर्ने चर्को साइरन आवाजबाट आफ्नो छोरीलाई नाचौं प्रायस गर्दै एक महिला, इजरायलको तेल अवीवमा

९. भारी वर्षाको कारण आएको बाढीमा प्याडल गर्ने मानिसको अगाडि एउटा कुकुर पौडी खेल्दै ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यको पोर्टो एलेग्रेको इल्हा ग्रान्डे डोस मारिहेरोसमा

१०. मेक्सिकोको गुआनाजुआटो राज्यको लियोनमा भएको अन्तर्राष्ट्रिय हट-एयर बेलुन महोत्सवको दौरान मेट्रोपोलिटानो पार्कमा हट-एयर बेलुनहरू  उड्ने क्रममा

११. इन्डोनेसियाको आचे प्रान्तको सबाङमा समुद्री तटमा अवतरण गरेपछि रोहिंग्या मुस्लिम महिला छुटेका परिवारको सम्झनामा बिलौना गर्दै

१२. अपाङ्गता भएकी महिलालाई तातो लहरको बीचमा चिसो हुन मद्दत गर्न पानी खन्याइदिँदै  एक व्यक्ति, ब्राजिलको रियो दि जेनेरियोमा

१३. टिमल्याब डिजिटल आर्ट समूहका एक सदस्य जापानको टोकियोको अजाबुदाइ हिल्स कम्प्लेक्समा आउँदो फेब्रुअरीमा आफ्नो सीमाविहीन संग्रहालय पुन: खोल्ने तयारीको अवलोकन गर्दै

१४. सान साल्भाडोर, एल साल्भाडोरमा भएको ७२औँ मिस युनिभर्स प्रतियोगितामा राष्ट्रिय पोशाक शोमा भाग लिँदै मिस भेनेजुएला डायना सिल्भा

१५. स्लोभेनियाको गोरिकेनको सानो सहरमा टर्चसहितको परेड ‘क्राम्पस’ भनेर चिनिने सिङ्ग भएको दुष्ट आत्माको लुगा लगाएको व्यक्ति आफ्नो कौशल प्रदर्शन गर्दै

प्रकाशित मिति: : 2023-11-25 12:54:00

प्रतिकृया दिनुहोस्