‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
कोरोना महामारीका कारण ९ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिरमा मंगलबार क्षमापूजा गरिएको छ।
बुधबारदेखि मन्दिर खुलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमासहित विशेष पूजा गरेकी हुन्।
क्षमापूजाका लागि राष्ट्रपति भण्डारी मंगलबार बिहान पशुपतिनाथ पुगेकी थिइन्। चीनकालदेखि नियमितरुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न पूजा गरिएकाे पशुपति बिकाश काेषले जनाएकाे छ।
पशुपतिनाथ मूल मन्दिरमा कोषका तर्फबाट विशेष पूजासहित सवा लाख दीप प्रज्वलनसमेत गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले बताए।
यसैगरी पशुपति मूल मन्दिर परिसरका वासुकीनाथ, जलनारायण, लालगणेश, सूर्यनारायण, कीर्तिमुख भैरव, उन्मत्त भैरव, अष्टमातृका, नवग्रह, हनुमान, सत्यनारायणको समेत पूजाआराधना गरिएको छ।
क्षमापूजा गरिएसँगै पुस १ गते बुधबारदेखि सर्वसाधारणका लागि पशुपतिमा प्रवेश खुला गर्न लागिएको पनि कोषले जनाएको छ।
तर पहिलो चरणमा मन्दिरको पश्चिम ढोकाबाट सर्वसाधारणलाई प्रवेश गर्न दिइनेछ भने सोही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था मिलाइएको छ।
पहिलो चरणमा परीक्षणका रुपमा बिहान ६ देखि मध्याह्न १२ बजेसम्म मन्दिर खुला गरिने कोषाध्यक्ष डा. थापाले बताए।
मन्दिर प्रवेश गर्नेहरूले मास्क अनिवार्य लगाउनुपर्ने नियम बनाइएको छ। भक्तजनलाई दुई मिटरको दूरीमा राखेर दर्शन गराइनेछ।
मन्दिरमा हुने विशेष पूजा, भजनकीर्तनलगायत क्रियाकलाप भने अहिले सुरु नहुने कोषले जनाएको छ।
नौ महिनादेखि बन्द रहँदा कोषलाई करिब ७० करोड रुपैयाँ घाटा लागेको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया