रोजगारीमा जाने श्रमिकमाथि अनावश्यक आर्थिक भार थुपार्दै श्रममन्त्री

ऋण काढेर विदेशमा श्रम बेच्न जान बाध्य विपन्न श्रमिकलाई राहतका प्याकेज ल्याउनुपर्ने श्रममन्त्री शरत्सिंह भण्डारीले उल्टै एकपछि अर्को अनावश्यक आर्थिक भार थुपारेका छन् । पूर्वप्रस्थान अभिमुखीकरण तालिम शुल्क सात सयबाट दुई हजार आठ सय रुपैयाँ पुर्‍याएका उनले दक्ष र अर्धदक्ष श्रमिकलाई अंग्रेजी भाषा बाध्यकारी गराउनेदेखि इपिएस कोटामा कोरिया जाने श्रमिकलाई एलजीको पोस्टपेड सिम अनिवार्य गराएर अतिरिक्त आर्थिक भार लगाएका हुन् । 

मन्त्री भण्डारीले मन्त्रिपरिषद् र सरोकारवाला पक्षलाई छलेर गराएको मन्त्रीस्तरीय निर्णयअनुसार इपिएसमार्फत कोरिया जाने नेपाली कामदारले त्यहाँको एलजी युप्लस दूरसञ्चार कम्पनीको पोस्टपेड सिमकार्ड अनिवार्य लिनुपर्नेछ । 

प्रकाशित मिति: : 2023-12-24 12:34:00

प्रतिकृया दिनुहोस्