सन्तोषको सपना

नयाँ पत्रिका दैनिक

टोपलाल अर्याल

१७ वर्षीय सन्तोष घर्ती फुटबलका डिफेन्डर हुन्। तम्घासको चिदिचौर खेल मैदानमा सञ्चालित ‘फोर्टिन स्टार कप’ जिल्लास्तरीय छात्र फुटबल प्रतियोगितामा उनले सबैको ध्यान खिचे मालिका गाउँपालिका–८ को मालिका माविको कक्षा १० मा पढ्ने सन्तोषको एउटा हात छैन। तर, खेल हेर्ने दर्शकलाई उनको एउटा हात छैन भन्ने पत्तो नै हुँदैन। खेलका दौरान अरू खेलाडी र उनमा केही फरक देखिँदैन। उत्कृष्ट खेल प्रदर्शनबाट उनले निकै तारिफ पाइरहेका छन्।

सन्तोष सानैबाट फुटबलमा रुचि राख्थे। सन्तोष हरेक दिन साँझ गाउँमै साथीहरूसँग फुटबल खेल्छन्। उनी समूहको कमजोर पात्र नभएर भरोसा नै हुन्। सन्तोषको आत्मबल निकै उच्च देखिन्छ। ‘खेलमैदानमा पसेपछि ऊर्जा प्राप्त हुन्छ। कहिल्यै आफूलाई कमजोर ठानेको छैन,’ उनले भने, ‘खेल्दा इमानदार र अनुशासित भएर खेल्ने प्रयास गर्छु।’ 

प्रकाशित मिति: : 2024-01-06 11:44:00

प्रतिकृया दिनुहोस्