यी अभिनेत्री जसले सूटिङका क्रममा भोगेका थिए अनेक अनौठा पीडा

तस्बिर: सामाजिक सञ्जाल
तस्बिर: सामाजिक सञ्जाल

बलिउडमा निकै चर्चित छ–'भ्यानिटी भ्यान'। भ्यानिटी भ्यान अर्थात् घरजस्ताे सुविधा। भित्रबाट स्टुडियाे अपार्टमेन्ट जस्ताे देखिने भ्यान, कलाकारहरूकाे लागि लग्जरी हाेइन आवश्यक बनेकाे छ।

खासगरी, बाहिरी ठाउँहरूमा सूटिङ गर्दा भ्यानिटी भ्यानकाे धेरै जरूरत पर्छ। यसले घरमा हुँदाकाे महसुस गराउँछ। तर, कुनै समय यस्ताे पनि थियाे कि नाम चलेका कलाकारहरूकाे कुनै भ्यानिटी भ्यान थिएन।

ती कलाकारहरूले कसरी गरे हाेलान् त सूटिङ। त्यहीपनि बिना भ्यानिटी भ्यान?

विगतका धेरै अभिनेत्रीहरूले आफ्ना अनुभवहरू सेयर गरेका छन्। जुन सुनेर अच्चम लाग्न सक्छ। अहिलेकाे जमाना भ्यानिटी भ्यान जरूरी छ तरपनि सबै कलाकारसँग छैन। किनकी यहाँभित्रकाे सुविधासँगै मूल्य पनि महँगाे पर्छ।

भ्यानिटी भ्यान भनेकाे के हाे?

भ्यानिटी भ्यान एउटा ठुलो लक्जरी बस जस्तै हो। जसलाई आवश्यकताअनुसार रूपान्तरण गर्न सकिन्छ। एक किसिमले भन्ने हो भने यो एक मोबाइल हाउस हो। यसमा स्टारको मेकअप रुम, बाथरुम, बेडरुमदेखि भान्सा काेठासम्मका सुविधाहरू हुन्छन्।

आउटडोर सूटको समयमा, भ्यानिटी भ्यान कलाकारहरूको पूर्वाधार सुविधाको लागि धेरै उपयोगी मानिन्छ। ठुला स्टारहरूको आफ्नै भ्यानिटी भ्यान छ। आफ्नै भ्यान नभएका कलाकारहरूलाई भने सुटिङका क्रममा निर्माताले उपलब्ध गराइदिन्छन्।

भ्यानिटी भ्यान कसरी सुरु भयो?

हिन्दी सिनेमाका कलाकारहरू जहिले पनि ट्रेन्डसेटर बनेका छन्। हेयर स्टाइल, फेसनदेखि आफ्नो स्टाइलसम्म उनले पुस्तौंपुस्तालाई प्रभावित गर्दै आएका छन्।

राजेश खन्ना, साधना, हेमा मालिनी, आशा पारेख जस्ता सबै दिग्गज स्टारहरूले फेसनलाई पछ्याए तर सिनेमामा भ्यानिटी भ्यान ल्याउने श्रेय उनीहरूमध्ये कसैलाई पनि जाँदैन।

हिन्दी अभिनेत्री पुनम ढिल्लनले फिल्म उद्योगमा पहिलो भ्यानिटी भ्यान ल्याएकी थिइन्, जसको उद्घाटन अनिल कपुर र श्रीदेवीले गरेका थिए।

केही समय अघि सामाजिक सञ्जालमा त्याेबारे अभिनेत्रीले लेखेकी थिइन्।

पुनम ढिल्लन ८० को दशककी अभिनेत्री हुन्। ४० वर्षअघि उद्योगमा पहिलोपटक भ्यानिटी भ्यान आएकाे थियाे। बिस्तारै यसको महत्व बुझेर भ्यानिटी भ्यानतर्फ धेरै कलाकारहरू आकर्षित भए।

भ्यानिटी भ्यान पनि समयको साथ विकसित भयो र जसमा सुविधाहरू बढ्दै गए।

'टर्चर' जस्तै थियाे बाहिरी सूटिङ

पुनमले आफ्नो पोस्टमा उल्लेख गरेअनुसार भ्यानिटी भ्यान नहुँदा अभिनेत्रीहरूले सुटिङको क्रममा धेरै कठिनाइहरूको सामना गर्नुपरेको थियो।

थुप्रै अभिनेत्रीहरूले अन्तर्वार्तामा बताएका छन् कि बिना भ्यानिटी भ्यान बाहिरी सूटिङ गर्नु भनेकाे आफूले आफैंलाई टर्चर दिनु सरह थियाे।

रुखको पछाडि प्याड फेरें : जया बच्चन

फिल्म उद्योगका धेरै अभिनेत्रीले भ्यानिटी भ्यान नहुँदा भोग्नुपरेको समस्याबारे आफ्नो अनुभव व्यक्त गरेका छन्।

जया बच्चनले नातिनी नव्या नन्दाको पोड कास्टमा भनेकी थिइन् कि धेरै पटक लुगा मात्र होइन, महिनावारीको समयमा रुखको पछाडि प्याड पनि परिवर्तन गर्नुपर्थ्यो र प्रयोग गरिएका प्याड फ्याँक्ने ठाउँ पनि थिएन। उनीहरूलाई सँगै लैजानुपर्थ्यो, जबसम्म उनीहरू घर पुग्दैनन्।

घन्टौंसम्म ट्वाइलेट लागि भाैतारिएँ: मुमताज

हिन्दी फिल्म उद्योगका दिग्गज अभिनेत्री मुमताजले पनि भ्यानिटी भ्यान नहुनुको पीडा भाेगेकी छिन्।

उनले आफ्नो एक अन्तर्वार्तामा भनेकी थिइन् कि फिल्म 'आप की कसम' (१९७४) को 'जय जय शिव शंकर' गीतको सुटिङको क्रममा जब उनलाई ट्वाइलेट जानु थियो, तब उनले आफ्नो हेयर स्टाइलिस्टसँग सही ठाउँ खोज्न जानुपर्थ्याे।

गुडिरहेकाे ट्रेनमा नुहाएँ: जया प्रदा

जया प्रदाको अनुभव पनि आश्चर्यजनक छ। अभिनेत्रीले फिल्म फेयरसँगको कुराकानीमा एक पटक गुडिरहेको रेलमा नुहाउनु परेको बताएकी थिइन्।

निर्देशक सूर्यको पहिलो किरणसँग सुटिङ गर्न चाहन्थे। त्यहीकारण ट्रेनलाई नै बाथरुम बनाइएकाे थियाे। किनकी त्याेबेला कुनै सुविधा नै थिएन। 

 शौचालय बिना बिताएका त्याे दिन: आशा पारेख

आशा पारेखले पनि त्यहीँ पीडा भोगेकी छिन्। इन्टरनेसनल फिल्म फेस्टिभल अफ इन्डिया (२०२२) मा भ्यानिटी भ्यानको विषयमा बोल्दै उनले भनिन्, 'त्यो जमानामा हिरोइनले झाडीको पछाडि लुगा फेर्नुपर्थ्यो।'

यदी स्टुडियोमा सुटिङ भइरहेकाे हुन्थ्याे भने अभिनेत्रीहरू बिना ट्वाइलेट दिन बिताउँथे।

यी कलाकारहरूले किने करोडौंको भ्यानिटी भ्यान–

भ्यानिटी भ्यानहरू आज धेरै सामान्य भएका छन् र उद्योगमा धेरै कलाकारहरूकाे आफ्नै भ्यानिटी भ्यानहरू छन्। 

यसमा शाहरुख खान, प्रभास, महेश बाबु, अल्लू अर्जुन र कंगना रनावत लगायत धेरै कलाकारहरू समावेश छन्। 

सैफ अली खान पहला कस्टमाइज्ड भ्यानिटी भ्यानकाे मालिक बने। त्यसपछि कंगना रनौतले आफ्नो लागि भ्यानिटी भ्यान पनि किनेकी थिइन्, जसको इन्टेरियर डिजाइनमा ६५ लाख भारुभन्दा बढी खर्च भएको थियो। हालै शिल्पा शेट्टीले आफ्नो लागि लक्जरी भ्यानिटी भ्यान किनेकी छिन्।

भाडामा पनि पाइन्छ भ्यानिटी भ्यान

मुम्बईका केतन रावलसँग ६५ वटा भ्यानिटी भ्यान छन्। केतनले प्रायः आफ्नो भ्यानिटी भ्यान कलाकारहरूलाई भाडामा दिन्छन्। 

उनले कयाैं पटक शाहरुख खान र अमिताभ बच्चन जस्ता ठूला स्टारको पनि सेवा गरेका छन्। जब उनीहरूकाे व्यक्तिगत भ्यान पुग्दैनन् तब उनले सेवा दिन्छन्। 

उनकाे ग्राहकको सूचीमा जोन अब्राहम, नोरा फतेही, महेन्द्र सिंह धोनी, अम्बानी परिवार, नयनतारा र रोहित शर्मा लगायत धेरै सेलिब्रेटीहरु रहेका छन्।  

प्रकाशित मिति: : 2024-01-18 20:53:00

प्रतिकृया दिनुहोस्