जमिन घोटालामा मुछिएका झारखण्डका मुख्यमन्त्रीले दिए राजीनामा

फाइल तस्विर
फाइल तस्विर

जमिन घोटालामा मुछिएका भारतको झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले आफ्नो पदबाट राजीनामा दिएका छन्।

इडीद्वारा सोधपुछको बिचमा मुख्यमन्त्री हेमन्त सोरेन राजभवन गएर राज्यपाललाई आफ्नो राजीनामा बुझाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

यसबीच सत्तारुढ दलबाट चम्पाई सोरेन नयाँ नेतामा निर्वाचित भएका छन्। चम्पाई सोरेन जेएमएमका केन्द्रीय उपाध्यक्ष पनि हुन्। साथै हेमन्त सोरेन क्याबिनेटमा कल्याण मन्त्री पनि छन्।

उनीसँग इडी (प्रवर्तन निर्देशनालय)ले सोधपुछ गरिरहेको छ। उनलाई कुनै पनि बेला प्रहरी गिरफ्तार गर्न सक्नेछ।

प्रकाशित मिति: : 2024-01-31 21:00:00

प्रतिकृया दिनुहोस्